काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन् ।
बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, रक्षामन्त्री मानबीर राई, रक्षा सचिव रामेश्वर दंगालसहित प्रहरी प्रमुख दिपक थापाको उपस्थितिमा उक्त विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको हो ।
गृह मन्त्रालयले १५ माघमा प्रतिनिधिसभामा दर्ता गराएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
प्रतिक्रिया