सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेन : हितराज पाण्डे

सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेन : हितराज पाण्डे



काठमाडौं । सरकारकै ढिलाइकाे कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आरोप लगाएका छन् ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले गम्भीर भएर लाग्न सरकारसँग आग्रह गरे ।

‘सरकारकै कारण विधेयक छिटो छिटो अगाडि बढेको छैन । यसमा गम्भीर रूपमा लियोस् । विधेयकलाई अगाडि बढाउन समितिको सभापतिको पनि ध्यान गएको देखिएको छैन । त्यसमा म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।

उनले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विधेयक पनि सँगसँगै छलफलमा ल्याएको भए झन् राम्रो हुने बताएका थिए । साथै प्रस्तावित विधेयकमा प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेट्ने गरी विधेयक आउनुपर्ने पाण्डेको धारणा थियो । उनले अहिलेको डिजिटललाइज युगलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउन सुझाव दिएका छन् ।