सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, प्रचण्डसँग पनि सहकार्य गर्दैनौं : उपेन्द्र यादव

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, प्रचण्डसँग पनि सहकार्य गर्दैनौं : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनबारे चाँडै संसदीय दलको बैठकले निर्णय गर्ने बताएका छन् । कार्यकारिणी समितिको बैठकले निर्देशन दिएको भएपनि दलको बैठकले अहिलेसम्म निर्णय नगरेको बताए ।

उनले भने, ‘कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको हो । अब संसदीय दलको बैठक बसेर निर्णय गर्छ । अहिलेसम्म भएको छैन। चाँडै गर्छौँ ।’

सरकार गठन हुँदाको बाचा एक वर्षसम्म पनि केही पूरा गर्न नसकेको आरोप लगाए । दुई ठूला पार्टी मिलेर बनेको सरकारले मुलुकलाई गति दिन नसकेको, जनतालाई डेलिभरी दिन नसकेको अध्यक्ष यादवको बुझाइ छ ।

प्रचण्डले फेरि समाजवादी मोर्चा सक्रिय बनाउन गृहकार्य गरिरहेकोबारे उनले भने, ‘अब हामी प्रचण्डसँग पनि सहकार्य गर्दैनौँ । आफ्नै ढङ्गले अघि बढ्छौँ। मोर्चामा हामी सहभागी हुँदैनाैँ ।’