काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कामको समीक्षा गरेको छ । आज बसेको सचिवालय बैठकले सरकारको काम र राष्ट्रिय राजनीतिबारे छलफल गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
मुलुकमा राजनीतिक स्थिरता दिने, अर्थतन्त्र सुधार गर्ने र जनतामा आशा र भरोषा जगाउने संकल्पसहित कांग्रेससँग मिलेर सरकार गठन भएको स्मरण गरे ।
उनले भने, ‘सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। मुलुकमा राजनीतिक स्थायित्वको आधार तयार भएको छ । सरकारबारे अनेकन हल्ला भएपनि बलियो बन्दै गइरहेको छ । अर्थमन्त्रले पनि लय समातेको छ ।’
उनले जनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताले गणतन्त्रविरोधी गतिविधि प्रयासहरु निस्तेज भएको बताए ।
उनले भने, ‘देशले सही दिशा लिएको छ, हाम्रो पार्टीको नेतृत्वमा सरकार प्रभावकारी भएको निष्कर्ष निकालेका छौं । सुशासन र सेवा प्रवाहको क्षेत्रमा ध्यान दिनुपर्ने देखिएको छ ।’
प्रतिक्रिया