काठमाडौँ । पर्साको परवानीपुरबाट प्रहरीको टोलीले बुधबार राति झन्डै ३१७ किलो चरेस बरामद गरेको छ। वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ गइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट लागूऔषध बरामद गरिएको स्रोतले जनाएको छ।
सूचना अनुसार, ट्रक भारततर्फ लागिरहेको थियो। बरामद चरेसको विषयमा औपचारिक जानकारी भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।
चालकको रूपमा मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्यालाई पक्राउ गरिएको छ। अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रतिक्रिया