एनआरएन आइसीसीका अध्यक्ष महेश श्रेष्ठले एनआरएनभित्र बृहत एकताको प्रयास जारी रहेको बताएका छन्। अध्यक्ष श्रेष्ठ भन्छन्- ‘हामी अत्यन्त लचक भएर एकताका लागि प्रयासरत् छौं र मलाई अझै झिनो आशा बाँकी नै छ एकता हुन्छ भन्नेमा ।’ अमेरिका भ्रमणका क्रममा बाल्टिमोरमा ग्लोब नेपाल डटकमका प्रधान सम्पादक गौतम दाहालसँग विशेष कुराकानी गर्दै श्रेष्ठले एनआरएनभित्र छुटेका साथीहरुलाई समेट्ने गरी एकता प्रयास जारी रहेको तर धेरै सकारात्मक हुन नसकिरहेको बताएका हुन्।
करिब दुइ साता अमेरिकामा रहँदा अध्यक्ष श्रेष्ठले त्यहाँका एनआरएन समुदायका सदस्यहरुसँग भेटघाट र अन्तरक्रिया समेत गरेका छन्। सान् फ्रान्सिस्को, टेक्सास, मेरिल्याण्ड र न्यूयोर्कमा अध्यक्ष श्रेष्ठको स्वागतमा औपचारिक कार्यक्रम समेत भएको थियो। आइसीसी अध्यक्ष श्रेष्ठकै उपस्थिति र पहलमा अमेरिकामा अलग ढंगले काम गरिरहेको दुई एनआरएनए अमेरिका औपचारिक सहमति गरी एनआरएन राष्ट्रिय समन्वय परिषद् अमेरिकाभित्र समेटिएको छ।
बद्री केसीजी लचक नभए एकताका लागि झिनो आशा मात्र बाँकी छ, किनकि एक हातले मात्र ताली बज्दैन। तर उहाँहरु अहिले त्यति धेरै सकारात्मक देखिनु हुन्न।’
यसै क्रममा अध्यक्ष श्रेष्ठ अमेरिकाबाट जापान फर्कनु केही दिन पहिले हामीले उहाँसँग एनआरएनभित्र भइरहेको एकता प्रयास र सम्भावना अनि आगामी गतिविधिका बारे केन्द्रीत रहेर कुराकानी गरेका थियौं।
हामीले श्रेष्ठलाई सोधेका थियौं, तपाईंहरु अब कहिलेसम्म सडकमा बस्ने हो ? बालुवाटारस्थित कार्यालय त अर्कै समूहको नियन्त्रणमा छ नि ?
हाम्रो प्रश्नको विस्तृतमा जवाफ दिंदै श्रेष्ठ भन्नुहुन्छ,- ‘अब हामी धेरै धैर्य गरेर बस्न सक्दैनौं, हामी सधैं सडकमा बस्ने भन्ने हुँदैन।
बद्री केसीजी लचक नभए एकताका लागि झिनो आशा मात्र बाँकी छ, किनकि एक हातले मात्र ताली बज्दैन। तर उहाँहरु अहिले त्यति धेरै सकारात्मक देखिनु हुन्न।’
उहाँ भन्नुहुन्छ-
- एकताका लागि बद्री केसीजी लचक हुनुपर्छ। उहाँहरुले हाम्रो अस्तित्व स्वीकार्नुपर्छ।
- एनआरएन दुईटा हुँदैन र छैन। हामी नै एकमात्र आधिकारिक एनआरएन हौं।
- हाम्रो सदाशयता र लचकतालाई अर्को पक्षले कमजोरीको रुपमा लिए जस्तो लाग्छ।
- एकताप्रति आशा ? पहिले ९०% थियो अहिले त्यो आशा ५% प्रतिशतमा झरेको छ।
विस्तृत यो भिडियो वार्तामा
प्रतिक्रिया