दक्षिण अफ्रिकाले डुसेनकाे कप्तानीमा त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

दक्षिण अफ्रिकाले डुसेनकाे कप्तानीमा त्रिदेशीय टी–२० शृङ्खला खेल्ने



काठमाडौं । दक्षिण अफ्रिकाले जिम्बावे र न्युजिल्यान्डसँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि टोली घोषणा गरेको छ ।

दक्षिण अफ्रिकाले ४ जना अनक्याप खेलाडीसहित रसी भान डेर डुसेनको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । नियमित कप्तान एडन मार्करमको अनुपस्थितिमा ५० वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका डुसेनले टोलीको नेतृत्व गर्ने भएका हुन् ।

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि कोर्बिन बोश, लुआन–ड्रे प्रिटोरियस, रुबिन हर्मन र सेनुरन मुथुसामी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

दक्षिण अफ्रिका, न्युजिल्यान्ड र घरेलु टोली जिम्बावेबीचको त्रिदेशीय टी–२० शृङ्खला आउँदो जुलाई १४ देखि २६ सम्म हरारेमा हुनेछ ।

दक्षिण अफ्रिकाको टोली–

रसी भान डेन डुसेन (कप्तान), कोर्बिन बोश, डेवाल्ड ब्रेभिस, नान्द्रे बर्गर, गेराल्ड कोट्जे, रिजा हेन्ड्रिक्स, रुबिन हर्मन, जर्ज लिन्डे, क्वेना माफाका, सेनुरन मुथुसामी, लुङ्गी एनगिडी, नकाबा पिटर, लुआन–ड्रे प्रिटोरियस, एन्डिले सिमेलेन