पूर्वराजा शाहले ७९ औं जन्मदिन निर्मल निवासमा मनाउने

पूर्वराजा शाहले ७९ औं जन्मदिन निर्मल निवासमा मनाउने


ग्लोब नेपाल
621
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९औँ जन्मदिन मनाउने भएका छन् ।

शुक्रबार बिहान संवाद सचिव फणिराज पाठकले विज्ञप्ति जारी गरी पूर्वराजा शाहले २३ असारमा आफ्नो ७९औँ जन्मदिन निर्मल निवासमा मनाउने जानकारी दिएका हुन् ।

उनका अनुसार पूर्वराजा शाहले निर्मल निवासमा जन्मदिन मनाउने कार्यक्रम राखेको र उक्त दिन उपस्थित हुन शुभेच्छुकहरूलाई अनुरोध गरिएको छ । निर्मल निवास उक्त दिन शुभेच्छुक र आमनागरिकका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने पनि विज्ञप्तिमा उल्लेख छ ।