गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी



काठमाडौँ । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका –४ अन्तर्गत दिगामचौरका ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गीता कुमाल रहेको खुलेको छ ।

हिजो दिउँसो जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि रातीनै उहाँहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको थियो । बिरामी पर्नु भएका तीनै जनालाई हिजै उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।