एसईई नतिजा आज साँझ ५:३० बजेपछि सार्वजनिक हुने

एसईई नतिजा आज साँझ ५:३० बजेपछि सार्वजनिक हुने



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ ५:३० बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ। यदि सबै प्राविधिक प्रक्रिया सहज रूपमा सम्पन्न भयो भने नतिजा आजै प्रकाशित हुने बोर्डले जनाएको छ।

बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले सबै प्रक्रिया ठीक ढंगले अघि बढेमा आज साँझ ५:३० बजेपछि एसईई नतिजा सार्वजनिक गरिने पुष्टि गरेका हुन्।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो, जहाँ नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएका थिए। नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ।

कसरी हेर्ने-

https://see.ntc.net.np नतिजा हेर्न यस लिंकमा थिच्नुहोस्