अष्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्दै नेपाल

अष्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्दै नेपाल

पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप खेल्न लागिएको हो।



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्टमा अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ। यो सिरिज आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप खेल्न लागिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले सिरिज अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार, यस प्रतियोगिताले अष्ट्रेलियाली पिच र वातावरणमा खेल्ने अनुभव दिलाउनेछ, जुन भविष्यका ठूला प्रतियोगिताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

सिरिजमा नेपालले कम्तिमा ६ वटा टी–२० खेलहरू खेल्नेछ। प्रतियोगिताको पूरा तालिका र सहभागी टोलीहरूको घोषणा आगामी हप्ता गरिने क्यानले जनाएको छ।