बुटवल । नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन् ।
शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी हुन् ।
‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ?,’ उनले भनिन् ।
झाक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने बताइन् । ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन् ।
उनले नयाँ ढंगको प्रस्थानबिन्दु अर्ली महाधिवेशन नै रहेको बताइन् । ‘अर्ली महाधिवेशन गरौं। पुनर्गठन गरेर अध्यक्ष बनाऔं । कहाँ हुन्छ यसरी? म त भन्छु,’ उनले भनिन् ।
अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गामा भ्रष्टाचार गरेको आरोप छ । विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो ।


प्रतिक्रिया