ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना

ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना



काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका छन् । शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो ।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो । त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

‘उहाँलाई दमको बिरामी छ भनिएको थियो। सुरूमा वीर लगेको थियौं। त्यहाँबाट ह्याम्स लगिएको हो,’ उनले भने ।

क्याबिन नम्बर ८१२ मा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

ठेकेदार भेटवाल शुक्रबार बिहान पक्राउ परेका थिए ।

भेटवालमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी रहेको एसपी बोहराले जानकारी दिए ।