गरिबमारा भएको भन्दै प्रभु साहले रोष्ट्रममै च्याते निजामती विधेयक

गरिबमारा भएको भन्दै प्रभु साहले रोष्ट्रममै च्याते निजामती विधेयक



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ गरिबमारा भएको बताउदै सो विधेयक पारित भए मुलुकमा आगो बल्ने चेतावनी दिएका छन् ।

उनले सो विधेयक गरिब, निमुखाको पक्षमा नभएको भन्दै प्रतिनिधिसभाको रोष्ट्रमबाटै च्यातेका छन् । र प्रतिनिधिसभाको बैठक समेत बहिष्कार गरेका छन् ।

प्रतिनिधिसभाको आज (आईतबार) बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सो विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । सो विधेयक आजै पारित गर्ने प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा रहेको छ । विधेयकमाथि आफ्नो धारणा राख्दै आजपा अध्यक्ष साहले गरिबमारा विधेयक आफूहरुलाई स्वीकार्य नभएको भन्दै च्यातेर बैठक समेत बहिष्कार गरेका छन् ।

‘सम्मानिय सभामुख महोदय, गरिबमारा विधेयक यदी यो पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेयाम गर्ने गरी आएको यो संघीय निजामती सेवा विधेयक हामीलाई स्वीकार्य छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘यदी आज यो पारित भयो भने गरिबका लागि कालो दिन हुन्छ । र यसका मतियारहरुलाई गरिबहरुले कहिल्यै माफि दिने छैन् ।’

सरकारी सेवा गरिबलाई मात्रै किन प्रवेश निषेध गरेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘गरिबलाई लोक सेवाबाट किन बञ्चित गरेको ?’ नेपालको संविधानले समान्तालाई मौलिक हक भनेको बताउदै गरिबसंग विभेद गर्नेगरी विधेयक किन ल्याएको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘तपाईहरुले नै बनाएको यो संविधान विधेयक बनाउँदा उल्लंघ गर्दा लाज लाग्यो कि लागेन ? सरकारका सबै निकाय सबैका लागि समान होईन् ? यदी सबैका लागि समान हो भने तल्लोलेबलमा काम गर्ने कर्मचारी के स्थायी हुनैनहुने हो ? स्थायी जागिर गर्नै नहुने हो ? उसको निष्पक्ष छनौट हुनैनहुने हो ?,’ आजपा अध्यक्षले प्रश्न गर्दै भने, ‘दास र मालिकको युग त कुनै जबानामा हामीले अन्त्य गरिसकेका छौं तर फेरी नयाँ पुनरावृती गर्नुभो । ठुलाबडाहरु स्थायी हुनुपर्ने, ६० बर्षसम्म उसको ग्यारेन्टी जिवन बाच्नुपर्ने । तर तल्लोलेबलमा काम गर्नेहरु ६/६ महिनामा तपाईको आर्शिवादले बाच्नुपर्ने ? निकागमा बाच्नुपर्ने, दास्ताको जिवन बाच्नुपर्ने ?’

यस्तो विभेद हुने गरी विधेयक तयार गर्ने र ल्याउँने हसुवा हथौडा बोक्नेलाई किन लाज लागेन भन्दै उनले प्रश्न समेत गरेका छन् । त्यही गरिबको मत लिएर आउँने सांसदहरुले किन यस्तो विधेयक बनाएको र सहमती जनाएको भन्दै उनले विधेयक तयार गर्नमा सहभागि सांसदहरुलाई समेत उनले यस्तो किन बनाएको भन्दै प्रश्न गरेका छन् ।

‘गरिबहरुको भविष्य कत्लेयाम गर्दा तपाईहरुलाई लाज लाग्यो की लागेन ? संविधानले समानताको अधिकार दिएको छ । समान हुनुपर्छ भनेको छ । प्रधानमन्त्रीले सुविधा पाउनुहुन्छ तर त्यो पियूनले सुविधा पाउँने की नपाउँने ? डाइरेक्टरसावहरु सुविधा पाउँनुहुन्छ तर ड्राइभरहरुले सुविधा पाउँनुपर्छ की पर्दैन ? सचिवहरुले बिभिन्न सेवा पाउँनुहुन्छ तर त्यही काम गर्ने स्वीपरले सेवासुविधा पाउँनुपर्छ की पर्दैन ?’ आजपा अध्यक्ष साहले भने, ‘म फेरी भन्छु यो विधेयक करेक्सन गरियोस्, फिर्ता गरियोस् । यदी यसरी पारित भयो भने गरिब जनतालाई स्वीकार्य छैन्, प्रभु साहलाई स्वीकार्य छैन् । आम जनतालाई अत्याचार हुने संविधानको विरोधमा हुने । संविधानमा समान, समान्ता, अधिकारको कुरा गर्ने तर विधेयक ल्याउदा अत्याचार गरेर ल्याउँने विधेयक स्वीकार्य छैन् । तपाईहरुको अपराधले गरिबहरु पढन नपाउँने, लोक सेवा दिन नपाउँने, स्थायी हुन नपाउँने । कि भन्नुपर्यो ट्वाइलेटमा अब कसैले सफा गर्ने होईन, पियुनको काम कसैले गर्ने होईन । ड्राइभरको काम कसैले गर्ने होईन । यदी गर्ने हो भने त्यसको जिवन जिवन होईन । त्यो स्थायी हुनुपर्दैन । गरिबले बढी सेवा र सुरक्षा पाउँनुपर्ने हो । तर त्यसलाई रुवाउने यस्ता विधेयक हामीलाई स्वीकार्य छैन् ।’

उनले यस्तो अपराधिक कामको साक्षीकिनार आफू बन्न नसक्ने र बैठक बहिष्कार गर्ने बताउदै बैठक बहिष्कार गरेका थिए । र गरिबको भविष्य कत्लेया गर्ने विधेयक स्वीकार्य नभएको भन्दै सो विधेयक च्यातेर साहले बैठक बहिष्कार गरेका छन् ।