माधव नेपालविरुद्ध केही नबोल्न कार्यकर्तालाई नेकपा एसको निर्देशन

माधव नेपालविरुद्ध केही नबोल्न कार्यकर्तालाई नेकपा एसको निर्देशन



काठमाडौं । नेतृ रामकुमार झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललक्षित कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीले नेपालविरुद्ध टिप्पणी नगर्न सर्कुलर गरेको छ ।

महासचिव घनश्याम भुसालले निर्देशन जारी गर्दै अध्यक्ष नेपालविरुद्ध नबोल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

भुसालले नेपालको मुद्दा विशेष अदालतमा दायर भएको विषयमा पार्टीले प्रारम्भिक धारणा सार्वजनिक गरिसकेका कारण उक्त धारणासँग बाझिने गरी सार्वजनिक रूपमा नबोल्न, नलेख्न भनेका छन् ।

युवा संघको लुम्बिनी प्रदेश अधिवेशनमा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्तिमात्र दिएकी थिइनन् अर्ली महाधिवेन पनि बोलाउनुपर्ने बताएकी थिइन् ।

अर्ली महाधिवेशन वा मनोनीत गरेर भए पनि नयाँ अध्यक्ष बनाउनुपर्ने झाँक्रीको तर्क छ ।