महिला फुटबलको कप्तानमा ‘साम्बा’

महिला फुटबलको कप्तानमा ‘साम्बा’



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ ले पाएकी छन् ।

लाओसमा आइतबारबाट सुरु भएको एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानको जिम्मेवारी दिएका हुन् ।

रेनुका नगरकोटीलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तानका रुपमा सार्वजनिक गरेको नेपाल फुटबल संघ एन्फाले एक घन्टा नबित्दै ‘निर्णय परिवर्तन’ गरेर सावित्रा भण्डारी साम्बा नयाँ कप्तान तोकिएकाे जानकारी दिएकाे हाे ।

प्रशिक्षक वाइल्डले खेलअघि साम्बालाई कप्तानको जिम्मेवारी दिँदै लाओसविरुद्ध सुरुवाती–११ पनि सार्वजनिक गरे । साम्बा नेपाली महिला फुटबल टोलीको कप्तानी सम्हाल्ने १२औँ खेलाडी बनेकी छन् ।

छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् । नेपाले लाओसपछि दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ ।

छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।