काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग छलफल गर्न बाँकी नै रहेको भन्दै सोमबारको बैठकमा समिति बैठक स्थगितको प्रस्ताव गरेका थिए भने मन्त्रीको उक्त प्रस्तावमा सांसदहरूले विरोध जनाएका थिए ।
त्यसअघि मन्त्री पन्तले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।


प्रतिक्रिया