म्यानचेस्टर सिटी क्लब विश्वकपबाट बाहिरियो, अल-हिलालको ऐतिहासिक जित

म्यानचेस्टर सिटी क्लब विश्वकपबाट बाहिरियो, अल-हिलालको ऐतिहासिक जित



काठमाडौँ । म्यानचेस्टर सिटी क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ। अल-हिलालसँग ४-३ ले पराजित भएपछि सिटी प्रतियोगिताको क्वार्टरफाइनल पुग्न असफल रह्यो।

पहिलो हाफमा कप्तान बर्नार्डो सिल्वाले अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमै मार्कोस लियोनार्डोले बराबरी गोल गरे। त्यसपछि माल्कोमले गोल गर्दै अल-हिलाललाई २-१ को अग्रता दिलाए। हालान्डले बराबरी फर्काए पनि थप समयमा लियोनार्डोले पुनः निर्णायक गोल गर्दै सिटीलाई प्रतियोगिताबाट बाहिर पठाए।

सिटीले खेलभरि राम्रा अवसरहरू गुमायो भने अल-हिलालका गोलकिपर बोनोले १० उत्कृष्ट बचाउ गर्दै निर्णायक भूमिका खेले।

यो खेल अल-हिलाल र मार्कोस लियोनार्डोको लागि ऐतिहासिक रह्यो भने सिटीका लागि बिर्सनलायक। अब अल-हिलालले क्वार्टरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेसँग प्रतिस्पर्धा गर्नेछ।