काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजामती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले संसदीय समितिले सर्वसम्मत रूपमा पारित गरेको प्रतिवेदनको मुलमर्म विपरितको दफा कसरी समावेश भयो भन्दै उनले प्रश्न समेत गरेका छन् ।
भट्टराईले यो प्रकरणमा अविलम्ब संसदीय छानबिनको माग समेत गरेका छन् । ‘दोषी उपर कडा कारबाही गरिनुपर्दछ । लोकतान्त्रिक प्रणालीमा संसद्को नीतिगत मात्र होइन प्रक्रियागत सर्वोच्चता सर्वस्वीकार्य मान्यता हो’, भट्टराइले भने ।


प्रतिक्रिया