काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा व्यवसायी नेता विनोद चौधरीले पार्टीभित्र फरक पृष्ठभूमिबाट आएका व्यक्तिहरूप्रति हेपाहा प्रवृत्ति रहेको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्। चुनावका बेला सहयोगको अपेक्षा राख्ने तर राजनीतिक भूमिकामा आउँदा अपमान गर्ने संस्कारप्रति उनले तीव्र आलोचना गरेका हुन्।
उनको यो टिप्पणी सोमबार भएको केन्द्रीय समितिको बैठकमा नेता शेखर कोइरालाले चौधरीको केन्द्रीय सदस्यतामा प्रश्न उठाएपछि आएको हो।
“शेखरजीको टिप्पणीले पार्टीको मानसिकतालाई उजागर गरेको छ, चौधरीले भने, ‘यदि किसानले कृषि मन्त्रालय, डाक्टरले स्वास्थ्य मन्त्रालय वा अर्थशास्त्रीले अर्थ मन्त्रालय सम्हाल्दा ,कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ भन्ने हो, तर राजनीतिको ढोका कसले खोल्ने र ?”
” चुनावमा पैसा चाहिने, चन्दा चाहिने बेला हामी सम्झनुपर्ने अनि राजनीतिको मूलधारमा आउँदा अपमानित हुने ? यो कस्तो नीति हो ?” भन्दै चौधरीले गुनासो पोखे ।
उनले जेल-नेल (संघर्ष) मात्रै नेतृत्वको मापदण्ड मान्ने हो भने पार्टीले योग्य र विविध पृष्ठभूमिका नेतृत्वलाई पछाडि पार्ने चेतावनी दिए।


प्रतिक्रिया