कुलिङ पिरियडमा विश्वासघात भयो, छानबिन होस् : कांग्रेस

कुलिङ पिरियडमा विश्वासघात भयो, छानबिन होस् : कांग्रेस



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन हुनुपर्ने बताएको छ ।

केन्द्रीय समितिको बैठकका क्रममा मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा. प्रकाश शरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरूको धारणा रहेको र त्यही हिसाबले सर्वसम्मतिबाट राखिएको बताए । पदको दुरुपयोग गरेर काम भएकाले छानबिन हुनुपर्ने बताए ।

उनले भने, ‘कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो । त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो । त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले दफावार पढ्नुभएन । विश्वासघात भयो । जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ । तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, सरकारले सच्याएर संशोधन गर्नुपर्छ । दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ ।’