कर्णाली याक्सद्वारा सोमपाल र विपीनसहित ७ खेलाडी रिटेन

कर्णाली याक्सद्वारा सोमपाल र विपीनसहित ७ खेलाडी रिटेन



काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि ७ खेलाडीलाई रिटेन गरेको छ । कर्णालीले कप्तान तथा मार्की प्लेयर सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको हो ।

रिटेन गरेको खेलाडीहरुमा सोमपालसहित गुल्शन झा, नन्दन यादव, विपीन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिश विक्रमसिंह ठकुरी छन् ।

कर्णालीले देव खनाल, भुवन कार्की, रित गौतम, दीपक डुम्रेलाई भने रिलिज गरेको छ । कर्णाली पहिलो संस्करणमा प्लेअफसम्म पुगेको थियो ।

यसअघि पोखरा एभेन्जर्स, सुुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजले रिटेन हुने खेलाडीको नामावली सार्वजनिक गरिसकेका छन् ।