काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ ।
झाक्रीले बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गर्दै अभिव्यक्ति दिएकाेले स्पष्टीकरण सोधिएकाे हाे ।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ असार १५ गते बुटवलमा भएको प्रशिक्षणमा उनले भनेकी थिइन् ।
अध्यक्ष नेपाल पतन्जली जग्गा प्रकरणमा मुछिएका थिए । उनलाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अध्यक्षमाथि अभिव्यक्ति दिएपछि एकीकृत समाजवादी अनुशासन आयोगले स्थायी समिति सदस्य झाक्रीमाथि तीन दिने स्पष्टीकरण सोधेको हो ।


प्रतिक्रिया