महाधिवेशन मिति तय नभएकोले नेतृत्व बहस रोक्न महासचिव पोखरेलको आग्रह

महाधिवेशन मिति तय नभएकोले नेतृत्व बहस रोक्न महासचिव पोखरेलको आग्रह



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको मिति अझै निर्धारण नभएकाले हाललाई नेतृत्वसम्बन्धी बहस नगर्न आग्रह गरेका छन्।

बागमती प्रदेश कमिटीको भर्चुअल बैठकमा बोल्दै पोखरेलले अहिलेको प्राथमिकता नेतृत्व परिवर्तन वा चयन नभई पार्टीको विधि र विधानबारे गम्भीर छलफल गर्नु पर्ने बताए।

उनको भनाइ अनुसार, पार्टीभित्र प्रणाली, कार्यशैली र संगठनात्मक पक्षलाई सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ, नकि व्यक्तिकेन्द्रित बहसमा लाग्नु।राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छझ पार्टी केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने।

भदौ २०-२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन दिए।