काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध पनि नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पुरा गरेकी छन् ।
पहिलो खेलमा लाओसविरुद्ध एक्लैले ५ गोल गरेकी सावित्राले श्रीलंकाविरुद्ध पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी हुन् ।
उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यसअघि उनले २०औं मिनेटमा पहिलो र ४२औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।
श्रीलंकाविरुद्ध नेपालका लागि गीता रानाले ७औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । पहिलो हाफमा नेपालले ४ गोलको अग्रता लिएको छ ।
प्रतिक्रिया