सभापति देउवाद्वारा कांग्रेस नेता यादवको निधनमा दुःख व्यक्त

सभापति देउवाद्वारा कांग्रेस नेता यादवको निधनमा दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी क्षेत्र नं २ का क्षेत्रीय कार्यसमितिका सभापति श्यामकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी असार १७ गते राति ११ः ३० बजे ६० वर्षको उमेरमा निधन भएका यादवप्रति दुःख व्यक्त गरेका हुन् ।

राजविराज नगरपालिका–ं१२ निवासी स्वर्गीय यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

सभापति देउवाले स्वर्गीय यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।