काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन कपकाे उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । अब नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।
यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । फाइनल म्याच पर्सी सनिबार हुनेछ ।
प्रतिक्रिया