काठमाडौं । विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह ‘बी’ मा परेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार समूह विभाजनमा गरेको हो ।
यो समूहमा एपिएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्बेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल–नास्सर छन् । यो समूहको खेल उज्बेकिस्तानमा हुनेछ ।
एपिएफले गत संस्करणमा पनि प्रारम्भिक छनोट खेलेको थियो । पहिलो खेलमा मलेसियाको सबाह एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा भने नासाफसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् ।
यी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ । ४ समूहमा ४–४ टोली छन् । एक समूह ‘ई’ मा भने ३ टोली छन् । प्रत्येक समूहका विजेता मात्रै मुख्य प्रतियोगितामा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया