काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधानमाथि भएको हेरफेरबारे छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन विशेष समिति गठन गरिनुपर्ने माग गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संसदको सार्वभौम भूमिकामाथि प्रहार हुने गरी विधेयकको प्रावधान नै तलमाथि पार्न खोजिनुलाई अनदेखा गर्न नमिल्ने निष्कर्ष निकालेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले भने, ‘कुलिङ पिरियड प्रावधान हेरफेरमा सार्वभौम संसदमाथि प्रहार भएको छ । यसलाई अनदेखा गर्न मिल्दैन, यो प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन विशेष समिति बनाउनुपर्छ । विधायकी अधिकारमाथि गम्भीर कुठाराघात भएको छ ।’
यस्तै बैठकमा कात्तिक १७ गते रूपन्देही ३ मा हुने उपनिर्वाचनबारे उम्मेदवार छनोट कार्यविधि बनाउने निर्णय भएको उनले बताए ।


प्रतिक्रिया