काठमाडौं । बार्सिलोनाले २०२५–२६ सिजनको लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको छ । क्लब फेरि आफ्नो पुरानो स्ट्राइप डिजाइनमा फर्किएको छ ।
नयाँ सिजनमा घरेलु सफलता जोगाउने लक्ष्यसहित बार्सिलोनाले यस जर्सीमा खेल्नेछ । गएको सिजन पुरुष र महिला दुवै टोलीले १२५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको आधा–आधा डिजाइन भएको जर्सीमा खेल्दै लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कोपा जितेको थियो ।
मुख्य प्रशिक्षक हान्सी फ्लिकको युवा र ऊर्जावान टोली यसपटक पनि ती तीनै उपाधि रक्षा गर्न चाहन्छन् ।
प्रतिक्रिया