पसल बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा

पसल बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग राखेर प्रदर्शन गरेको छ ।

हिरा, जुहारत तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने लगायत माग उनीहरूको छ ।

शुक्रबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले र्‍याली निकालेका हुन् । माइतीघर मण्डलदेखि निकालिएको उक्त र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएकाे थियाे ।

आगामी आवको बजेटमार्फत् सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ ।

यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन् ।