काठमाडौँ । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदान कार्यक्रममा सहभागी १२ वर्षीया बालिकासँग यौन दुर्व्यवहार भएको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको समयमा बालिका आमासँग श्रमदानमा सहभागी भएकी थिइन्। आरोपीतले पिडितलाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेका थिए । पीडित कि आमाले घटनापछी तत्काल आरोपीलाई कुटपिट पनि गरेकी थिइन्।
प्रारम्भमा स्थानीय कर्मचारी कुन्दन श्रेष्ठले यस्तो कुरा प्रहरीसम्म नपु-याउनु भनेर घटना लुकाउन खोजिएको पीडित परिवारले बताएका छन्।
मेयर साम्पाङले यो घटना दुई महिना पहिलेको भए पनि अहिले मात्र सार्वजनिक भएको बताए र यसलाई श्रमदान विरुद्ध राजनीतिक षड्यन्त्र भन्न खोजेका छन्। उनले दोषी पुष्टि भएमा कडा कारबाही हुने बताए।
यसअघि धरानको श्रमदान कार्यक्रम मेयर र उपमेयरबीच बजेट विवादले पनि चर्चामा परेको थियो।
प्रतिक्रिया