जसपा मधेसका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

जसपा मधेसका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोप लागेका यादवलाई पक्राउका लागि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

एसपी खड्का र यादवबीच भएको विवाद सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा अध्यक्ष यादवले एसपी खड्कालाई ‘लुटेरा’ भनेका छन् ।