कानून बनाउँदा मुलुकको माटोसुहाउँदो बनाउनुपर्छ : प्रभु साह

कानून बनाउँदा मुलुकको माटोसुहाउँदो बनाउनुपर्छ : प्रभु साह



काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कानून बनाउँदा उडन्ते नभई धर्ती सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राीष्ट्रय सम्बन्ध तथा पर्यटन समितिको आज (शुक्रबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय समितिको पूर्व सभापति समेत रहेका साहले कानून बनाउँदा उड्ने नभई मुलुकको माटोसुहाउँदो बनाउनुपर्नेमा जोड दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी आजपा साहले व्यवहारिक रुपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए । साथै समितिको बैठक कार्यतालिका बनाएर चलाउन माग समेत उनले गरे ।

साहले संविधानमा ३१ वटा मौलिक हक राखिएको भएपनि कार्यान्वयन एउटा पनि हुन नसकेको टिप्पणी गरेका छन् । उनले नेपालमा दुनियाँमा नभएका मौलिक राखिएको भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताए ।

‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन् । दुनियाँमा नभएको मौलिक हकहरु छ । तर कार्यान्वयन एउटा पनि भएको छैन, त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले स्वीकार्ने खालको हुनुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।