काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएपश्चात पत्रकारहरुसँग साक्षात्कार नगरी उनी सिधै बालुवाटार प्रस्थान गरे ।
प्रधानमन्त्री उपस्थित नभएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको तर्फबाट भ्रमणबारे जानकारी गराए ।
विदेश भ्रमणबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रचलन रहे पनि प्रधानमन्त्री ओली त्यसो नगरि सिधै बालुवाटारतर्फ लागेका हुन् ।
प्रधानमन्त्री ओली विकासका लागि वित्त चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर फर्किएका हुन् । उनी स्पेनका प्रधानमन्त्री तथा राष्ट्रसंघका महासचिवको निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीले अति कमविकसित देशहरुको विश्व समन्वय व्यूरोका अध्यक्षका हैसियतले नेपालको तर्फबाट सम्मेलनको मुल सत्रलाई ३० जुनमा सम्वोधन गरेको राईले जानकारी दिए ।
प्रतिक्रिया