फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा



काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति क्वाटरफाइनलका खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङगो लागेको हो ।

चेल्सी, फ्लुमिनेन्स, रियल म्याड्रिड र पेरिस सेन्ट–जर्मेइन (पीएसजी) सेमिफाइनलमा पुगेका छन् ।

गएरातिको खेलमा पीएसजीले बायर्न म्युनिखलाई २–० गोलले र रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ३–२ गोलले हरायो । त्यसअघिको क्वाटरफाइनलमा फ्लुमिनेन्सले अल–हिलाललाई र चेल्सीले पाल्मिरासलाई हराएको थियो ।

अब पहिलो सेमिफाइनलमा बुधवार चेल्सी र फ्लुमिनेन्स तथा दोस्रो सेमिफाइनलमा बिहिवार रियल म्याड्रिड र पीएसजी खेल्नेछन् । क्लब विश्वकपको फाइनल खेल असार ३० गते हुने छ ।