प्रतिकूल मौसमका कारण सुर्खेतमै रोकिए प्रधानमन्त्री ओली

प्रतिकूल मौसमका कारण सुर्खेतमै रोकिए प्रधानमन्त्री ओली



काठमाडौं । पुल उद्घाटन गर्न हुम्ला जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूल मौसमका कारण सुर्खेतमै रोकिएका छन् ।

हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुनाथ गाउँपालिकास्थित चुवाखोलामा निर्माण सम्पन्न भएको बेलीब्रिज उद्घाटन गर्न सुर्खेत विमानस्थल झरेका प्रधानमन्त्री ओली प्रतिकूल मौसमका कारण सुर्खेतमै रोकिएका हुन् ।

त्रिदेशीय (चीन–नेपाल–भारत) जोड्ने कर्णाली कोरिडोरस्थित चुवाखोलामा नेपाली सेनाले बेलिब्रिज निर्माण सम्पन्न गरेपछि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम थियो ।

मौसम सुधार नभएपछि प्रधानमन्त्री ओली अहिले नेपाली सेनाको उत्तरपश्चिम हेडक्वार्टर नेवारेमा छन् । मौसममा सुधारपछि उनी हुम्ला जानेछन् ।