स्विटरल्याण्डका विदेशमन्त्री क्यासिस नेपाल आउँदै

स्विटरल्याण्डका विदेशमन्त्री क्यासिस नेपाल आउँदै



काठमाडौं । स्विटजरल्याण्डका विदेशमन्त्री (विदेश मामिलाका संघीय विभाग प्रमुख) इग्नाजियो क्यासिस नेपाल भ्रमणमा आउन लागेका छन् ।

उनी आइतबार साँझ नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी दुई दिनसम्म नेपालमा रहने र पर्सी जुलाई ८ मा भुटानतर्फ प्रस्ताव गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलगायत अन्य सरकारी प्रतिनिधिहरूसँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले स्विट्जरल्याण्डको सहयोग कार्यक्रम, संघीयताको प्रवर्द्धन र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको विषयमा छलफल गर्ने बताइएको छ ।

नेपाल अति कम विकसित देशहरूको समूहबाट सङ्क्रमणको संघारमा रहेको बेला उनको भ्रमणले द्विपक्षीय र आर्थिक सम्बन्धलाई सुदृढ पार्ने अवसर प्रदान गर्ने विश्वास स्विस सरकारले लिएको छ ।

गत फेब्रुअरीमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जेनेभाको भ्रमणमा गएको बेला देउवाले उनलाई नेपाल भ्रमणको निम्तो दिएका दिएकी थिइन् ।