ट्रफी लिएर नेपाली टोली स्वदेश फिर्ता

ट्रफी लिएर नेपाली टोली स्वदेश फिर्ता



काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली ट्रफी लिएर आइतबार राति स्वदेश फर्किएको हो ।

खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपालले शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरमाथि दुई विकेटको जित निकाल्दै च्याम्पियन बनेको थियो ।

यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।