काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । यही असार १६ देखि सुरु भएको बैठकमा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा आइतबार भएको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।
त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शङ्कर भण्डारी, ध्रुव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु बाँस्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रूपमा बैठकमा सहभागी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आ–आफ्ना धारणा राखेका थिए ।
बैठकमा पार्टीको १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, कृयाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भातृ संस्थाबारे निर्देशक समितिको राय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार, शुभेच्छुक संस्थाको बारेमा, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धी, संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारीतालगायत समसामयिक विषयमा छलफल जारी छ ।
सोमबार बस्ने बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापितद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले आफ्ना धारणा राखेपछि सभापति शेरबहादुर देउवाले निष्कर्षसहित सम्बोधन गर्नेछन् । त्यसपछि आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया