प्रधानमन्त्री ओलीले संसद्लाई जानकारी गराए स्पेन भ्रमणको उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री ओलीले संसद्लाई जानकारी गराए स्पेन भ्रमणको उपलब्धि (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ओलीले स्पेन भ्रमणमा भएका द्विपक्षीय भेटवार्ता, सहकार्य, कूटनीतिक सम्बन्धसहित विविधि विषयमा जानकारी गराएका हुन् ।

स्पेनको सेभिल्ला सहरमा जुन ३० देखि जुलाई ४ सम्म आयोजित विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर ओली स्पेन गएका थिए ।

बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।

सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने अवगत गराए ।

प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताए ।

पूर्णपाठ :