न्याय परिषद्को सदस्यमा महेशकुमार नेपाल नियुक्त

न्याय परिषद्को सदस्यमा महेशकुमार नेपाल नियुक्त



काठमाडौं । न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले भोजपुरका नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आजै राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाला नियुक्त गरेका थिए ।

न्यायाधीश नियुक्त तीनजना र न्याय परिषद् सदस्यमा नियुक्त नेपालको नाम आजै संसदीय समितिबाट अनुमोदन भएको थियो ।