काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पगेका छन् ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि छलफलमा सहभागी छन् ।
हिजो सकिएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भनिएपनि सरकारको गति बढाउनुपर्ने निष्कर्ष निकालेको थियो । सातबुँदे सहमति कार्यान्यन नभएको भन्दै कांग्रेसमा सरकारको चर्को आलोचना भइरहेकाे छ ।
कांग्रेस बैठकले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया