साफ यु-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

साफ यु-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ



काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यु-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एक कार्यक्रम आयोजना गर्दै एन्फाले यु-२० टिमलाई बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । साफ यु-२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशमा हुँदैछ । प्रतियोगितामा चार टिमले मात्र सहभागिता जनाएका छन् । डबल राउन्ड रोबिन लिगको आधारमा हुने खेलमा नेपालले पहिलो खेल जुलाई ११ मा भुटानसँग खेल्दै छ ।