कांग्रेसको असहमतिपछि कार्यसूचीबाट हट्यो भूमि विधेयक

कांग्रेसको असहमतिपछि कार्यसूचीबाट हट्यो भूमि विधेयक



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ ।

बुधबारको प्रतिनिधिसभाका लागि तय गरिएको सम्भावित कार्यसूचीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।

तर, कांग्रेसले असहमति जनाएपछि अहिले आएको कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहान भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका थिए ।

संसदकाे कार्यसूचीमा राखिएपछि आपत्ति जनाउँदै शर्माले यो विधेयकलाई संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको उल्लेख गरेका थिए ।