काठमाडौं । फिफा वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाली टिम १७६औँ स्थानमा छ । यसअघि नेपाली टिम वरीयताको १७५औँ स्थानमा थियो ।
नेपालले फिफाको जुन विन्डोमा हङकङसँग एक मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेलेको थियो ।
नेपालले मैत्रीपूर्ण खेलमा हङकङसँग गोलरहित बराबरीमा रोके पनि छनोटमा भने आफूभन्दा कमजोर टिम लाओससँग पराजित भएको थियो । लाओसमै भएको उक्त खेलमा नेपाली टिम २–१ ले पराजित भएको थियो । नेपाली फुटबलको इतिहासमा लाओससँगको यो पहिलो हार हो ।


प्रतिक्रिया