काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ ।

अघिल्लो सिजन वसन्त शाहीलाई प्रशिक्षक बनाएको गोर्खाजले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक देसाईलाई भित्र्याएको हो ।

यसअघि देसाईले दुई वर्ष नेपाली टोलीको प्रशिक्षक भएर काम गरेका थिए । गत फागुनमा भने उनको सम्झौता क्यानले नवीकरण गरेको थिएन ।

दोस्रो सिजनको एनपिएल नोभेम्बरमा हुँदैछ । त्यसअघि अगस्टमा मिनि अक्सन हुने तालिका छ ।