काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै

काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै


ग्लोब नेपाल
162
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/८३को बजेट ल्याउँदै छ । शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ । सो कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह बालेनले नगरसभा बोलाउने प्रस्ताव गरेका थिए ।

उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै प्रमुख बालेनले बैठक सकिएको घोषणा गरेका थिए । त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो ।

महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजटे ल्याउनेछ । शुक्रबारनै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो ।

नगरसभाअघि आजै कार्यपालिकाको बैठक बस्ने महानगरले जनाएको छ ।