काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार गोलकिपर लीला जोशीको कप्तानीमा श्रीलंकाविरुद्ध खेल्ने आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
पहिलो रोजाइमा चार परिवर्तन भएका छन् । पहिलो रोजाइमा टोलीकाे गोलकिपरमा जोशी, वर्षा ओली, समीक्षा घिमिरे र सरिता नाथले स्थान बनाएकी छन् ।
खेल बसुन्धारा किंस एरिना रंगशालामा नेपाली समयअनुसार राति ८ः१५ बजे हुनेछ ।
प्रतियोगितामा नेपाल दोस्रो जितको खोजीमा छ । नेपालले यसअघिका आफ्नो पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो ।
नेपालको सुरुआती–११
लीला जोशी (कप्तान/गोलकिपर), पूर्णिमा राई, मीना देउवा, शुक्रिया मिया, वर्षा ओली, सुशिला केसी, समीक्षा मगर, गंगा रोकाया, सरिता नाथ, माया मास्के, अनिशा राई


प्रतिक्रिया