हेटौँडामा प्रहरी अस्पताल बन्दै

हेटौँडामा प्रहरी अस्पताल बन्दै


ग्लोब नेपाल
270
Shares

मकवानपुर । बागमती प्रदेश सरकारको सहयोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, हटियामा प्रदेश प्रहरी अस्पताल निर्माण हुने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आठ करोड तीन लाख रुपैयाँको बजेटमा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पतालको मंगलबार शिलान्यास गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने यस आयोजना अन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, अस्पताल परिसर कम्पाउण्ड, पार्किङ लगायतका संरचनाहरू निर्माण हुनेछन् । प्रस्तावित ३० शैयाको अस्पताल भए पनि सम्झौता अनुसार पहिलो चरणमा २०८३ पुससम्म १५ शैयाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का लगायतको उपस्थिति रहेको थियो ।